Skip

Hamro Sanchar

प्रधानमन्त्रीपत्नी सविनाले किन भनिन् ? त्यो झोला मेरो होइन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, १० गते


१० असार, काठमाडौं ।प्रधानमन्त्रीपत्नी सविना काफ्लेले चितवनबाट काठमाडौं फर्किने क्रममा सुरक्षाकर्मीले बोकेको झोला आफ्नो नभएको प्रस्टीकरण दिएकी छन् ।

सामाजिक सञ्जालमा प्रधानमन्त्री वालेन्द्र शाह र उनकी श्रीमती काफ्लेको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले बोकेको झोलालाई लिएर विभिन्न टिप्पणीहरू भइरहेका थिए ।

यसबारे आज साँझ सामाजिक सञ्जालमार्फत प्रस्टीकरण दिँदै काफ्लले उक्त झोला सम्बन्धित सुरक्षाकर्मीकै रहेको बताएकी हुन् ।

उनको भनाइ :

राजनीतिक परिवेश परिवर्तन भैरहेको अवस्थामा, नेता वा कुनै राजनीतिज्ञको र उसको परिवारको साना भन्दा साना कुराहरू आम मानिसले कौतुहलता, शंका र सचेतताले हेर्ने चाहना बढेको छ र हेर्न आवश्यक पनि छ ।। गलत छ भने खण्डन गर्न पक्कै पनि पाइन्छ ।
तर चितवनको एउटा विशेष बसाइ पछि आज काठमाडौं फर्किने क्रममा मेरो परिवारको एउटा फोटोलाई लिएर मेरो ब्याग सुरक्षा कर्मीले बोकेको भन्ने समाचार देखेपछि अचम्मित छु ।। अनि दुखित पनि छु । समाचार लेख्नु अघि घटनाको सत्यता बुझ्न जरुरी छ जस्तो लाग्छ । किनकि जुन सुरक्षाकर्मीले त्यो ब्याग बोकेको छ, त्यो ब्याग उहाँको आफ्नै निजी हो । तर यहाँ अनेक शंका र अनेक अड्कलबाजीले मेरो चरित्र हत्या गर्न खोजिएको छ ।
तर महिलाको चरित्र हत्या गरेर चर्चामा आएको मिडियाबाट यो समाचारको सुरुवात गरिएको देखेपछि यो नियोजित छ भन्ने मैले बुझेँ ।
पुराना र नयाँ उस्तै उस्तै भन्दै गरिएका टिप्पणी सबै हेरिरहेकी छु ।। हुन त विगत केही समयदेखि मलाई पुराना ९श्रीमती० पात्रहरूसँग दाँजेर अरू पनि समाचारहरू बनाइएको छ र कमेन्टहरू पनि गरिराखिएको छ जुन कुरामा मलाई खासै बोल्नु परेको जस्तो लागेको थिएन तर आजको ब्याग बोकेको समाचारले म चुप बस्न हुँदैन जस्तो लाग्यो ।
नयाँहरू आए तर नयाँलाई हेर्ने पुरानो दृष्टिकोण चाहिँ अझै उस्तै छ ।। देशको चौथो खम्बा भनिएको मिडियाको समाज निर्माण र राजनीतिक विश्लेषणमा एकदमै ठूलो भूमिका हुन्छ । र गैरजिम्मेवार ढंगले यसरी समाचार बनाएर कसैको मानहानी गर्नु गैरकानुनी हो । जुन सुधारिन जरुरी छ ।
हुन त म सार्वजनिक मान्छे हो, यो सबै कुरा प्रेस काउन्सिलमार्फत कुनै कानुनी प्रक्रिया, मुद्दा मामिलामा लगेर गर्नु पर्ने हो । तर म एउटा आम नागरिकको हैसियतले आज यो कुरा गर्दैछु । किनभने यो एकदमै सानो कुरा हो । र यस्तो सानो तिनो अल्झनमा अल्झिने मेरो समय र प्रतिष्ठा पनि होइन । बस यति हो कि यो सानो कुराले निम्त्याउने मानहानीका मुद्दाहरू हामी सबैले बुझ्न जरुरी छ जस्तो लाग्छ । र यस्ता समाचार लेख्ने लेखनमा संलग्न पत्रकारहरूले सुधारिनु पर्छ भन्न चाहन्छु । त्यसैले यी कुराहरू लेखेँ ।


प्रतिकृया दिनुहोस्