Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सदर चिडियाखानाका जीवजन्तुमा भेटियो बर्ड फ्लु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, ५ गते


Advertisement

५ असार, काठमाडौं । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाका जीवजन्तुमा बर्ड फ्लु देखिएको छ।

चिडियाखानाले आज सूचना प्रकाशित गरी जीवजन्तुमा बर्ड फ्लु देखिएको जनाएको छ। जीवजन्तुमा बर्ड फ्लु देखिएपछि चिडियाखाना बन्द गरिएको छ।

अर्को सूचना प्रकाशित नभएसम्मका लागि शुक्रबारदेखि चिडियाखाना बन्द गरिएको जनाइएको छ।

सूचनामा भनिएको छ, ‘सदर चिडियाखाना परिसरत्रि रहेका जीवजन्तुमा बर्ड फ्लु संक्रमण देखिएकोले आम सर्वसाधारण दर्शकहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै आज मिति २०८३ असार ५ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्म चिडियाखाना बन्द गरिएको बेहोरा जानकारीको लागि अनुरोध गर्दछौँ।’

 


प्रतिकृया दिनुहोस्