Skip

Hamro Sanchar

भारतीय अवरोध : आजदेखि सबै चिया उद्योग बन्द

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, १ गते


१ असार, काठमाडौं । भारतीय पक्षले नेपाली चिया निकासीमा अवरोध सिर्जना गरेपछि इलामका अर्थोडक्स चिया उद्योगहरू आजदेखि बन्द भएका छन् ।

भारतीय टी–बोर्डले लागू गरेको नयाँ मापदण्डका कारण नेपाली चिया निर्यात प्रभावित भएपछि उद्योगीहरू उद्योग बन्द गर्न बाध्य भएका हुन् ।

नेपाल चिया उत्पादक संघका अनुसार पहाडका ५६ वटा अर्थोडक्स उद्योग आजैदेखि बन्द भएका छन् भने झापाका ३० वटा सीटीसी उद्योग ४ असारदेखि बन्द हुनेछन् ।

निर्यात ठप्प हुँदा लाखौं किलो चिया गोदाममा थन्किएको छ भने हजारौं मजदुर र किसान प्रत्यक्ष प्रभावित भएका छन् ।

उद्योगीहरूले समस्या समाधानका लागि सरकारले तत्काल कूटनीतिक पहल गर्नुपर्ने माग गरेका छन् ।


प्रतिकृया दिनुहोस्