
१ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत एसियाली देश जापान र नेदरल्यान्डसबीचको खेल बराबरीमा सकिएको छ । सोमबार बिहान भएको खेल २-२ गोलको बराबरीमा सकिएको हो ।
पहिलो हाफमा गोलरहित बराबरी भएको खेल दोस्रो हाफमा आक्रामक बनेको थियो ।
खेलको ५१औँ मिनेटमा नेदरल्यान्डसका भर्जिल भान डाइकले पहिलो गोल गरेर आफ्नो टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
तर, ५७औँ मिनेटमा जापानका केइतो नाकामुरा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।
त्यसपछि ६४औँ मिनेटमा नेदरल्यान्डसका क्राइसेन्सियो समरभिलले गोल गरेका थिए । यद्यपि, ८९औँ मिनेटमा गोल गर्दै जापानले खेललाई बराबरीमा टुंग्यायो ।






























