Skip

Hamro Sanchar

प्रतिनिधिसभा बैठक आज, बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, २८ गते


२८ जेठ, काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ

बिहान ११ बजे सुरु हुने बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल हुनेछ ।

बैठकमा आजै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले छलफलका क्रममा बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ।

अर्थमन्त्री वाग्लेले विनियोजन विधेयक, २०८३ र राष्ट्र ऋण उठाउने विधेयक, २०८३ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

बैठकमा अर्थमन्त्री वाग्लेले नेपाल राष्ट्र बैंक ९तेस्रो संशोधन० विधेयक, २०८३ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।


प्रतिकृया दिनुहोस्