Skip

Hamro Sanchar

कपिलवस्तुमा बस दुर्घटना हुँदा ३८ जना घाइते

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, १२ गते


१२ जेठ, काठमाडौं । कपिलवस्तुको महाराजगञ्जमा यात्रुवाहक बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् ।

महाराजगञ्ज नगरपालिका– ४, बरईपुरस्थित तौलिहवा–बहादुरगञ्ज हुलाकी सडकखण्डमा काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १२६६ नम्बरको बस दुर्घटना हुँदा बसमा सवार ५६ जनामध्ये ३८ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते मध्ये दुई जनाको अवस्था गम्भीर छ । त्यस्तै, १७ जनाको अवस्था सामान्य रहेको र १९ जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरूको भैरहवा सिटी अस्पताल र लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस्