Skip

Hamro Sanchar

बाख्रा चराउन गएका ५ महिलालाई कुटपिट गरी सुन लुटपाट, ८ जना पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, २ गते


२ जेठ, बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका–३ स्थित जङ्गलमा बाख्रा चराउन गएका पाँच महिलालाई अज्ञात समूहले निर्घात कुटपिट गरी सुनका गरगहना लुटपाट गरेको छ।

अज्ञात समुहले शुक्रबार राप्तीसोनारी–३ बैशा र नवलपुर गाउँका ५५ वर्षीया बिसमति थारु, सोही ठाउँकी ५५ वर्षीया श्यामकुमारी थारु, ६५ वर्षीया मङ्गरी थारु, ५५ वर्षीया रामकलिया थारु र ४५ वर्षीया गौरी थारुमाथि आक्रमण गरी सुन लुटपाट गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार, कुटपिटपछि उनीहरूले डेढ तोलाभन्दा बढी सुन लुटेका छन् ।

घाइते महिलाको उद्धार गरी उपचारका लागि राप्ती सोनारी अस्पताल लगिएको छ । अस्पतालले त्यहाँ सामान्य उपचार गरेर थप उपचारका लागि नेपालगञ्ज पठाएको छ । घाइते सबैको नेपालगन्जस्थित संजिवनी अस्पतालमा उपचार भइरहेको छ ।

प्रवक्ता पातलीले उक्त घटनामा संलग्न भएको आरोपमा ८ जना पक्राउ परेका जानकारी दिए । राप्तीसोनारी र नरैनापुरको जङ्गल क्षेत्रबाट उनीहरू पक्राउ परेका हुन् ।


प्रतिकृया दिनुहोस्