Skip

Hamro Sanchar

विदेशसचिवलाई नेपाल भ्रमणका लागि निमन्त्रणा प्राप्त भएको छ : भारत

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, २९ गते


२९ बैशाख, काठमाडौं । भारतले आफ्नो विदेशसचिवको नेपाल भ्रमणका लागि निमन्त्रणा प्राप्त भएको जनाएको छ ।

मंगलबार भारतको विदेश मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता रणधीर जैशवालले नेपाल भ्रमणको मिति दुवै पक्षको आपसी अनुकूलताका आधारमा तय गरिने बताए ।

उनले नेपाल र भारतबीचको सम्बन्ध बहुआयामिक रहेको र हालैका उच्चस्तरीय भेटघाटहरूमा मौरिससमा भारतका विदेशमन्त्री र नेपालका परराष्ट्रमन्त्री शिशिर खनालबीच भएको भेटवार्ता प्रमुख रहेको बताए ।

नेपाल–भारत सम्बन्धको यो निरन्तरताले दुई देशबीचको कूटनीतिक र रणनीतिक सहकार्यलाई थप बलियो बनाउने विश्वास लिइएको समेत बताए ।


प्रतिकृया दिनुहोस्