Skip

Hamro Sanchar

ओभरटेक गर्ने क्रममा बस दुर्घटना, १७ जना घाइते

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, २७ गते


Advertisement

२७ बैशाख, धनुषा । धनुषाको मिथिला नगरपालिकामा एक यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।

पूर्व–पश्चिम सडक खण्ड अन्तर्गत मिथिला नगरपालिका–०९, फुटबल ग्राउण्ड नजिकै उक्त दुर्घटना भएको हो।

काठमाडौँबाट विराटनगरतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको बस अर्को बसलाई उछिन्ने (ओभरटेक गर्ने)क्रममा अनियन्त्रित भई सडकमै पल्टिएको प्रहरीले जनाएको छ।

बसमा कुल ३३ जना यात्रु सवार थिए। दुर्घटनामा परी चालकसहित १७ जना घाइते भएका छन्। घाइतेहरूको अहिले धनुषाकै लालगढस्थित मोडल अस्पतालमा उपचार भइरहेको छ।


प्रतिकृया दिनुहोस्