Skip

Hamro Sanchar

मन्त्री पत्नी स्वास्थ्य बीमा बोर्ड सदस्य नियुक्ति विवाद, भन्छीन् : मनोनयन पत्र बुझेको छैन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, २४ गते


Advertisement

२४ चैत, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले श्रम तथा रोजगार मन्त्री दीपक कुमार साहकी पत्नी जुनु श्रेष्ठलाई स्वास्थ्य बीमा बोर्डको सदस्यमा पुनः नियुक्ति दिएको विषय विवादमा परेपछि श्रेष्ठले स्पष्टिकरण दिएकी छन्।

मन्त्री पत्नी जुनुले आज बिहान फेसबुक स्ट्याटस माफर्त स्पष्टिकरण दिँदै बीमा बोर्डमा मनोनयनसम्बन्धी कुनै पनि पत्र आफूले नबुझेको बताएकी हुन् ।

यसअघि पनि बोर्डमा रहेकी जुनु लगातार बैठकमा अनुपस्थित भएपछि स्वतः निलम्बनमा परेकी थिइन् । निलम्बनमा परेकी जुनु साह श्रेष्ठलाई पुनः सोही पदमा नियुक्त गरेपछि रास्वपाले उठाएको परिवारवाद र मेरिटको कुरामाथि प्रश्न उठेको थियो


प्रतिकृया दिनुहोस्