Skip

Hamro Sanchar

म पार्टीको कुनै पनि समूहमा छैन, कांग्रेसलाई एकढिक्का बनाउने इच्छा छ : शेखर कोइराला

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, २१ गते


२१ चैत, काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आफू पार्टीको कुनै पनि समूहमा नरहेको स्पष्टिकरण दिएका छन् ।

आज काठमाडौँमा आयोजित बिपी स्मृति सामुदायिक सहकारी अस्पतालको वार्षिक साधारण सभामा बोल्दै नेता कोइरालाले सामाजिक सञ्जालहरुमा आफूलाई यो वा त्यो पक्षको भनेर प्रचार गरिएकोमा आपत्ति समेत जनाए ।

उनले आफ्नो लक्ष्य कांग्रेसलाई एकढिक्का बनाउने मात्रै रहेको जिकिर गर्दै त्यसका लागि अन्तिमसम्म पनि प्रयास गर्ने बताए ।

कांग्रेसलाई एकढिक्का बनाएर आगामी निर्वाचनमा पहिलो राजनीतिक शक्तिको रूपमा स्थापित गराउने आफ्नो इच्छा रहेको नेता कोइरालाको भनाई थियो ।

सो क्रममा उनले बिपी कोइरालाको नाममा खोलिएको सो अस्पताललाई प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि त्यहाँबाट अवकाश पाएका चिकित्सकहरूको विशेष योगदान रहन सक्ने समेत बताए ।


प्रतिकृया दिनुहोस्