Skip

Hamro Sanchar

योगेश भट्टराई भन्छन् : सांसदलाई दबाबमा राखेर संसदीय दलको नेता चयन भयो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, १८ गते


काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीमा सांसदहरूलाई दबाबमा राखेर संसदीय दलको नेता चयन हुनु गलत भएको बताएका छन् ।

संसदीय दलको नेताका उमेदवार सुहाङ नेम्वाङले प्रस्तावक र समर्थक नै नपाएपछि भट्टराईले यस्तो प्रतिक्रिया जनाएका हुन् ।एमालेको पुनर्गठनमा यसले धक्का पुगेको उनले बताएका छन् ।

वर्तमान अवस्थामा नेकपा एमालेको व्यापक पुनर्गठन मार्फत बलियो एकता बनाउँदै जनविश्वास जागृत गर्नु पर्ने बेलामा आज नेकपा एमालेको संसदीय दलको नेता छान्न जुन तरिका र शैली अपनाइयो यसबाट सिंगो पार्टीपंक्तिलाई थप चिन्तित बनाएको छ, उनले भने ।

सांसदहरुबीच छलफलका माध्यमबाट समझदारी कायम गर्दै अघि बढ्नुपर्नेमा दबाबमा राखेर नेता चयन गर्नु गलत भएको उनको टिप्पणी छ ।

एमाले संसदीय दलको नेतामा रामबहादुर थापा निर्विरोध चयन भएका छन् । अध्यक्ष ओलीले उनैलाई संसदीय दलको जिम्मेवारी दिन खोजेका थिए ।


प्रतिकृया दिनुहोस्