Skip

Hamro Sanchar

फेरि पनि लेटरहेड प्रयोग गरे पूर्णबहादुरलाई कारबाही गर्ने चेतावनी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, १८ गते


काठमाडौं । नेपाली कांग्रेसले पूर्णबहादुर खड्काप्रति संकेत गर्दै फेरि पनि लेटरहेड प्रयोग गरे कारबाही गर्ने चेतावनी दिएको छ ।

कांग्रेसको अनुशासन समितिले यस्तो निर्णय गरेको समितिका संयोजक तारामान लामाले जानकारी दिए ।

उनका अनुसार नक्कली लेटरप्याड बनाउने, चैत १४ गते अनधिकृत कार्य गर्ने गरेको पाइएकाले सचेत गराउँदै अब यस्तो गलत काम गर्ने व्यक्तिउपर विधानअनुसार कारबाहीको प्रक्रिया अघि बढाउने निर्णय भएको छ ।

खड्काले १४ गते कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेका थिए ।


प्रतिकृया दिनुहोस्