
काठमाडौं । नेपाली सांगीतिक रियालिटी सो ‘लोक दोहोरी स्टार सिजन-१’को उपाधि निशा लामाले जितेकी छन्।
काठमाडौँमा भएको ग्रान्ड फिनालेमा विजेता हुँदै उनले १० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी हुन्।
मानव रावत क्षेत्री दोस्रो बन्दा लिलबहादुर थापा मगर तेस्रो भएका छन्।
फिनालेमा टप ८ फाइनलिस्टहरूले मञ्चमा उत्कृष्ट प्रस्तुति दिएका थिए।
एभेन्टोज नेपाल र एभेन्टोज डिजिटलले आयोजना गरेको सोको निर्देशन माधवराज खरेलले गरेका थिए।
फिनालेमा रीता थापा मगर, राजु ढकाल, चन्द्र शर्मा, अमृत खाती निर्णायकका रूपमा रहेका थिए। कार्यक्रमको होस्ट रोजिन शाक्य र मुना अर्याल थिए।
आयोजक समितिका प्रमुख तथा निर्माता डेबिल सिंह राजपुत, यादवबहादुर थापा र परमानन्द चौधरीको नेतृत्वमा भएको कार्यक्रमको व्यवस्थापन शैलेश नेपालीले गरेका थिए।













