Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

काठमाडौँका पूर्वसीडीओ छवि रिजाल पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, १७ गते


Advertisement

काठमाडौं । काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

उनलाई अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको सुविधानगरबाट पक्राउ गरेको हो ।

गत भदौ २३ र १४ गते भएको जेनजी आन्दोलनको बेला उनी काठमाडौँको सीडीओ थिए।

जेनजी प्रदर्शनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले रिजाललाई दोषी ठहर गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियो।

२३ भदौमा बानेश्वरमा १९ जना किशोरहरुको ज्यान जानेगरी गोली चलाउन आदेश दिएको भनेर रिजालको आलोचना हुँदै आएको छ ।


प्रतिकृया दिनुहोस्