Skip

Hamro Sanchar

ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमा बहस सकियो, आदेश आउँदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, १६ गते


काठमाडौं । पुर्व प्रधानमन्त्री केपी शर्मा ओली र पुर्व गृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमा बहस सकिएको छ ।

एमाले अध्यक्ष समेत रहेको ओलीको सुनुवाई न्यायधीश मेघराज पोखरेलको इजलासमा र कांगेस नेता समेत रहेका लेखको सुनुवाई न्यायाधीश कुमार रेग्मीको इजलासमा भएको हो ।

अधिवक्ता टिकाराम भट्टराईका अनुसार बहस सकिएकाले अब आदेश आउने चरणमा रहेको छ । ओलीको हकमा उनकी पत्नी राधिका शाक्य र लेखको हकमा उनकी पत्नी यशोदा लेखकले छुट्टा छुट्टै बन्दीप्रत्यक्षीकरण रिट निवेदन दिएका हुन् ।

भदौ २३ र २४ गते जेनजी आन्दोलनमा भएको घटना जाँचबुझ प्रतिवेदनका आधारमा ओली र लेखक चैत १४ गते भक्तपुरस्थित निवासबाट अनुसन्धानका लागि पक्राउ परेका थिए ।

दुवैजनालाई जिल्ला अदालत, काठमाडौंले पाँच दिन हिरासतमा राख्न आइतबार अनुमति दिएको छ । बन्दीप्रत्यक्षीकरण रिटमा २४ घण्टाभित्र इजलासमा उपस्थित गराएर थुनामुक्त गर्न माग


प्रतिकृया दिनुहोस्