Skip

Hamro Sanchar

फोन अफ रहेको र म फरार भएको भन्ने प्रचार भ्रामक हो : महेश बस्नेत

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, १६ गते


काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले आफू फोन अफ गरेर फरार रहेको भन्ने प्रचार भ्रामक भएको बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै उनले आफूलाई गिरफ्तारी गरी ओली विरुद्ध भइरहेको प्रतिशोधात्मक गिरफ्तारीको विरोधमा उठेको आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको बताएका हुन् ।

बस्नेतलाई आइतबार प्रहरीले पक्राउ गर्ने चर्चा चलेको थियो, त्यसैबीचमा आएको बस्नेत फरार भन्ने प्रचार भ्रामक र गलत रहेको उनले प्रस्ट पारेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नक्कली जाहेरी दिन लगाई मलाई पक्राउ गर्ने योजना बनाएर मिडिया ट्रायल गरिँदै छ । मेरो फोन अफ रहेको र म फरार भएको भन्ने प्रचार पूर्णतः भ्रामक र गलत हो ।


प्रतिकृया दिनुहोस्