Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

ओली-लेखक पक्राउविरूद्ध बन्दी प्रत्यक्षीकरणको रिट दर्ता, भोलि सुनुवाइ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, १५ गते


Advertisement

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउ गैरकानुनी भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ।

आइतबार दिउँसो सर्वोच्चमा दुवै जनाको पक्राउविरूद्ध बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको सर्वोच्च अदालतका प्रवक्ता एवं सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।

उनका अनुसार दुवैको पेसी सोमबारका लागि तोकिएको छ।

ओली तर्फबाट उनकी पत्नी राधिका शाक्यले रिट पेस गरेकी थिइन्। त्यस्तै, लेखकका तर्फबाट उनकी पत्नी यशोदा लेखकले रिट निवेदन पेस गरेकी हुन्।

उनीहरू दुवैलाई प्रहरीले शनिबार भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो।

भदौ २३ र २४ गते भएको घटनासँग सम्बन्धित कसुरमा अनुसन्धान गर्न पक्राउ गरेको हो।

पक्राउ परेका ओलीको म्याद लिन प्रहरीले उनलाई भर्चुअल माध्यमबाट पेस गरेको छ। लेखक भने स्वयं जिल्ला अदालतमा उपस्थित भएका छन्।

उनलाई १० दिन हिरासतमा राख्न सरकारी वकिलले माग छ।

जिल्ला अदालतका न्यायाधीश आनन्द श्रेष्ठको इजलासमा वकिलहरूले बहस गरेका छन्। उनी र पूर्वगृहमन्त्री रमेश लेखकविरूद्ध म्याद थप गर्नेरनगर्ने विषयमा अदालतले आदेश गर्नेछ।


प्रतिकृया दिनुहोस्