
काठमाडौं । बूढानीलकण्ठस्थित शेरबहादुर देउवाको निवास भत्काउन रोकिएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल आफैँ उपस्थित भएर निर्देशन दिएपछि भत्काउन रोकिएको हो ।
देउवामाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको छ । “काठमाडौं जिल्लाका सीडीओ आफैँ उपस्थित भएर काम रोक्न निर्देशन दिनुभएको जानकारी आएको छ,” देउवाको सचिवालयले भन्यो, “अहिले काम रोकिएको छ । त्यस्तो निर्देशन किन भयो भन्ने हामीलाई जानकारी छैन ।”
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भने अनुसन्धान केही समयअघिदेखि नै जारी रहेको पुष्टि गरेको छ । तीन पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डमाथि विगत केही समयदेखि अनुसन्धान चलिरहेको विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुरले जानकारी दिए ।














