Skip

Hamro Sanchar

निर्वाचन आयोगले राष्ट्रपतिलाई बुझायो मत परिणामसहितको प्रतिवेदन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, ५ गते


काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचनको मतपरिणामसहितको प्रतिवेदन पेश गरेको छ ।

बिहीबार आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तहरु डा.जानकी कुमारी तुलाधर र सगुन शम्शेर जबरा तथा आयोगका सचिव कृष्ण बहादुर राउत लगायत पुगेर राष्ट्रपति समक्ष प्रतिवेदन बुझाएका हुन् ।

आयोगले प्रतिवेदन बुझाएसँगै संसद् अधिवेशन आह्वान गर्न र नयाा सरकार गठनको प्रक्रिया अघि बढ्ने बाटो खुलेको छ ।

प्रतिवेदन अध्ययनपछि राष्ट्रपति पौडेलले अब प्रक्रिया अघि बढाउनेछन् ।


प्रतिकृया दिनुहोस्