Skip

Hamro Sanchar

७ महिनामा १२ खर्ब ६१ अर्ब भित्रियो रेमिट्यान्स

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, २७ गते


काठमाडौं । चालू आर्थिक वर्ष २०८२र८३ को सात महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) १२ खर्ब ६१ अर्बरुपैयाँ भित्रिएको छ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार रेमिट्यान्स ३९।८ प्रतिशतले वृद्धि भई १२ खर्ब ६१ अर्ब १ करोड पुगेको हो।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.५ प्रतिशतले बढेको थियो। २०८२ माघ महिनामा विप्रेषण आप्रवाह १ खर्ब ९८ अर्ब ८ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब ३७ अर्ब ५० करोड रुपैयाँ थियो।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३३।० प्रतिशतले वृद्धि भई ८ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ५.५ प्रतिशतले बढेको थियो।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १३ खर्ब ८४ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ९ खर्ब ८६ अर्ब ३४ करोड रहेको थियो।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या २ लाख ४५ हजार १५३ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख २७ हजार ४२४ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः २ लाख ७४ हजार ६२२ र १ लाख ९० हजार ८८६ रहेको थियो ।


प्रतिकृया दिनुहोस्