Skip

Hamro Sanchar

‘आ बाट आमा’ को दोस्रो पार्ट बन्ने, दसैँलाई रिलिज डेट

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, १० गते


काठमाडौं । चन्द्र पन्त निर्देशित फिल्म ‘आ बाट आमा’ को दोस्रो पार्ट बन्ने भएको छ। आइतबार निर्माणटिमले अभिनेता पल शाहको जन्मदिनको अवसर पारेर ‘आ बाट आमा २’ को घोषणा गरेका हुन्।

माघ १६ गतेबाट प्रदर्शन यस फिल्मले बक्सअफिसमा राम्रो व्यापार गरिरहेको छ। घरेलु बक्सअफिसमा फिल्मको व्यापार ११ करोड बढी छ।

यस फिल्ममा पलसहित विपिन थापा, प्रदीप रावत, सिम्रन पन्त, साइग्रेस पोखरेल, उषा उप्रेतीलगायत कलाकारहरूको अभिनय छ।

दोस्रो भागमा अभिनेता पल शाह स्वयं मुख्य भूमिकामा देखिनेछन्। आर्य इन्टरटेन्मेन्टले दोस्रो भागको पोस्टर समेत सार्वजनिक गरेको छ। जसमा अभिनेता पल शाहलाई मात्र प्रस्तुत गरिएको छ। अन्य कलाकारबारे निर्माण पक्षले खुलाएको छैन।

फिल्मसँगै निर्माण पक्षले प्रदर्शन मिति समेत घोषणा गरेको छ। यो फिल्म २०८३ को साल दसैंमा रिलिज हुनेछ ।


प्रतिकृया दिनुहोस्