
काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गत समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डले नेपालसामु जितका लागि १ सय ७१ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ।
मुम्बइको वानखेडे स्टेडियममा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७० रनको योगफल तयार पारेको हो।
पहिलो विकेटका लागि ओपनर जर्ज मुन्से र माइकल जोन्सले १० ओभरमा ८० रनको साझेदारी गर्दै स्कटल्यान्डलाई उत्कृष्ट सुरुवात दिलाएका थिए।
१० औँ ओभरको अन्तिम बलमा नेपाली टोलीका कप्तान रोहित पौडेलले अोपनर जर्ज मुन्सेलाई सन्दीप जोराको हातबाट क्याच आउट गराउँदै पेभेलियनको बाटो देखाए। २९ बलमा ४ चौका सहयोगमा २७ रनमा क्याच आउट भए।
त्यसअघि १० औँ ओभरको पाचौँ बलमा माइकलले ३१ बलमा ६ चौका र २ छक्का सहयोगमा अर्धशतक पूरा गरेका थिए। त्यसको दोस्रो बलमा जर्ज आउट भए।
दोस्रो विकेटका लागि माइकल र ब्रान्डोन म्याक मुलेनले ५२ रनको साझेदारी गरेका थिए। १६ औँ ओभरको दोस्रो बलमा माइकल जोन्स सोमपाल कामीको बलमा बोल्ड आउट भए। ४५ बलमा ८ चौका र ३ छक्का हानेमा माइकल आउट हुन पुगे।
१६ औँ ओभरको चौथो बलमा २५ रन बनाएका ब्रान्डोम सोमपाल कै बलमा कट एण्ड बोल्ड हुन पुगे। ब्रान्डोमले १९ बलमा १ चौका र १ छक्का हानेका थिए।
कप्तान रिची बेरिङटोन १० रन बनाउँदा कुशल भुर्तेलको बलमा सन्दीप जोराको हातबाट क्याच आउट हुन पुगे।
म्याथु क्रस ४ रनमा नन्दन यादवको बलमा बोल्ड आउट भए। टोम ब्रुस ५ रन बनाउँदा सोमपाल कै बलमा बोल्ड आउट भए।
माइकल लिस्क ४ रन बनाउँदा नन्दनको बलमा आशिफ शेखको हातबाट आउट भए।
मार्क वाट १० ओलिभर डेविडसन १ रनमा अविजित रहे।
नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए। सोमपालले आफ्नो स्पेलमा २५ रन दिए।
नन्दन यादवले २ विकेट आफ्नो नाममा गरे। कप्तान रोहित पौडेल र कुशल भुर्तेलले समान एक विकेट लिए। कुशलले आफ्नो स्पेलमा ३७ रन दिए। नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।













