Skip

Hamro Sanchar

नेपाल सहभागी तीनवटै विश्वकप खेल्ने पहिलो नेपाली खेलाडी बने सोमपाल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, ३ गते


काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर सोमपाल कामी नेपाल सहभागी तीनवटै विश्वकप खेल्ने पहिलो खेलाडी बनेका छन्।

आइतबार बिहान मुम्बईको वानखेडे स्टेडियममा वेस्ट इन्डिजविरुद्ध प्लेइङ-११ मा स्थान बनाएसँगै सोमपाल अहिलेसम्म नेपालले खेलेका तीन विश्वकप खेल्ने पहिलो नेपाली खेलाडी बनेका हुन्।

नेपालले यसअघि खेलेका दुई विश्वकपमा सोमपालले ६ खेलमा ७ विकेट लिएका छन्।

यस्तै उनले टी-२० आईका ८६ खेलमा ८१ विकेट आफ्नो नाममा गरेका छन्।

नेपालले पहिलोपटक सन् २०१४ मा बंगलादेशमा भएको विश्वकप खेल्दा सोमपाल टोलीका जुनियर खेलाडी थिए।

यसपछि नेपाल दोस्रोपटक सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा भएको विश्वकपमा सहभागी हुँदा पनि सोमपाल थिए।

अहिले सन् २०२६ मा भारत र श्रीलंकामा भएको विश्वकपमा वेस्ट इन्डिजविरुद्ध खेल्दै सोमपाल देश सहभागी विश्वकप खेल्ने पहिलो राष्ट्रिय खेलाडी बनेका हुन्।

जारी प्रतियोगितामा यसअघिका इंग्ल्यान्ड र इटालीविरुद्धका २ खेलमा बेन्चमा रहेका सोमपालले आज वेस्ट इन्डिजविरुद्धको प्रतिस्पर्धामा मौका पाएका हुन् ।


प्रतिकृया दिनुहोस्