Skip

Hamro Sanchar

‘आ बाट आमा’ को व्यापार ९ करोड नजिक

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, १ गते


काठमाडौं । चन्द्र पन्त निर्देशित फिल्म ‘आ बाट आमा’को आम्दानी ९ करोड नजिक पुगेको छ।

गत माघ १६ गतेबाट प्रदर्शनमा आएको यो फिल्मले अहिलेसम्म विश्वभरिबाट ८ करोड ७२ लाख ग्रस कलेक्सन गरिसकेको निर्देशक पन्तले जानकारी दिए।

‘दर्शकको माया अत्यधिक पाइरहेका छौँ। देशभरका अधिकांश हलमा दर्शकको साथ छ। अहिलेसम्म हाम्रो फिल्मले ८ करोड ७२ लाख भन्दा बढि कमाई गरिसकेको छ।

अझै बढ्दैछ। भोली शनिबार अझै दर्शक बढ्ने देखिन्छ,’उनले भने।

उनले थपे, ‘फिल्मको कथामा आमा बुबा र छोराबीचको सम्बन्ध र वैदेशिक रोजगारीको खोजीमा विदेश पुगेका कथा भएर पनि होला धेरै दर्शकलाई छोएको छ। अधिकांश दर्शकले आफ्नै कथा हो भनिरहनु भएको छ। त्यसले पनि होला दर्शकको माया पाइरहेका छौँ।’

आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको यो फिल्ममा निर्देशक पन्तकै कथा तथा पटकथा रहेको छ। यस फिल्ममा विपना थापा,पल शाह,प्रदीप रावत, साइग्रेस पोखरेल, उषा उप्रेती, सिम्रन पन्त, गजित बिष्ट,बेगम नेपाली,रचना गौतम लगायतको मुख्य भुमिका रहेको छ ।


प्रतिकृया दिनुहोस्