
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
केही दिनयता घटिरहेको सुनको मूल्य मंगलबार ९माघ २०० तोलामा ३७ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार ३०० रुपैयाँ तोकिएको छ ।
सोमबार ९माघ १९० प्रतितोला दुई लाख ८६ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्य तोलामा १३५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार ३३५ रुपैयाँ कायम भएको छ ।
हिजो पाँच हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
















