
काठमाडौं । चालु आर्थिक वर्ष २०८२-८३ को ६ महिना (साउनदेखि पुस) सम्ममा रेमिटेन्स १० खर्ब नाघेको छ।
पुस एक महिनामा मात्रै एक खर्ब ९० अर्ब रेमिटेन्स भित्रिएको हो।
मंसिरसम्ममा आठ खर्ब ७० अर्ब रेमिटेन्स भित्रिएकोमा पुससम्म कुल १० खर्ब ६२ अर्ब रूपैयाँ पुगको हो।
गत आर्थिक वर्ष २०८१(८२ यही अवधिमा भने सात खर्ब ६४ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको थियो। ४० प्रतिशतले रेमिटेन्समा वृद्धि भएको हो।
साढे दुई वर्षदेखि निरन्तर रूपमा मासिक एक खर्ब रूपैयाँभन्दा बढी रेमिटेन्स भित्रिरहेको छ।
६ महिनामा ६ अर्ब ९८ करोड रूपैयाँ रेमिटेन्स बाहिरिएको छ। गत वर्षको यही अवधिमा चार अर्ब ५७ करोड रूपैयाँ बाहिरिएको थियो।
यो ६ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या पनि दुई प्रतिशतले बढेको छ।
गत आर्थिक वर्षको यही अवधिका तीन लाख ९३ हजार जनाले नयाँ र पुनः श्रम स्वीकृति लिएकोमा यस वर्ष लिनेको संख्या चार लाख एक हजार यस्तो स्वीकृति लिएका छन्।















