
काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालय बनस्थली पुगेका छन् ।
पदबाट राजीनामा बुझाएर उनी बनस्थलीस्थित केन्द्रीय कार्यालय पुगेका हुन् ।
उनको स्वागतमा रास्वपा केन्द्रीय कार्यालयमा नेता कार्यकर्ताको बाक्लो भिड उपस्थित छ ।
बालेन केन्द्रीय समिति बैठकबाट प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारबारे छलफल गरेर जनकपुर जाने तयारीमा छन् ।
जनकपुरमा आयोजित सभालाई सम्बोधन गर्न बालेन, पार्टी सभापति रवि लामिछानेसहितका नेताहरू आज जनकपुर जाने कार्यक्रम छ ।

















