Skip

Hamro Sanchar

गोरखा–२ मा एमालेले चक्रे मिलनलाई दियो टिकट

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, ४ गते


काठमाडौं । नेकपा एमालेले गोरखा–२ मा आपराधिक पृष्ठभूमिका चक्रे मिलन (मिलन गुरुङ) लाई टिकट दिएको छ।

च्यासलमा बसेको सचिवालय बैठकले उनलाई टिकट दिने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले बताए । उनका अनुसार गोरखा–१, मा भने पूर्वविद्यार्थी नेता आरसी लामिछानेलाई टिकट दिइएको छ ।

गुरुङ भने विवादै विवादले घेरिएका पात्र हुन् । उनी पटक पटक पक्राउ पर्दै हिरासत र जेल पुग्ने गरेका छन् । पछिल्लो पटक उनी गत साउनमा पक्राउ परेका थिए । त्यतिबेला उनीसहितका व्यक्तिलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगञ्जको एक होटलबाट पक्राउ गरेको थियो ।

सर्वसाधारणलाई आतंकित पार्ने गतिविधि गरेको आरोप उनीमाथि लागेको थियो । यो मुद्दामा उनी धरौटीमा छुटेका थिए । उनीविरुद्ध भक्तपुरमा ज्यान मार्ने उद्योगको अर्को मुद्दा थियो । काठमाडौंबाट छुटेपछि उनलाई भक्तपुर पठाइएको थियो । भक्तपुर अदालतबाट पनि उनी धरौटीमा रिहा भएका थिए ।

प्रहरीको क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस)को विवरण केलाउने हो भने उनीविरुद्ध अहिलेसम्म १२ पटक भन्दा बढी मुद्दा चलेको छ ।

कुनै समय (हाल दिवंगत)एमाले नेता प्रदीप नेपालका किचन क्याबिनेटका सदस्य भनेर चिनिने उनै मिलन गुरुङ अहिले चक्रे बनेर परिचित छन् ।


प्रतिकृया दिनुहोस्