
काठमाडौं । भक्तपुरमा छोराले आमाको हत्या गरेका छन् । गएराति मध्यपुर थिमि नगरपालिका–३ तेर्सेटामा छोराले हतियार प्रहार गरी आमाको हत्या गरेका हुन् ।
२७ वर्षीय प्रवीण भण्डारीले ५० वर्षीया आमा सरिताको हत्या गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले बताएको छ ।
“आमाको उपचारका क्रममा भक्तपुर इन्टरनेसनल अस्पतालमा मृत्यु भएको हो,” जिल्ला प्रहरी परिसरका डीएसपी प्रकाश जबेगुले भने, “आमाको हत्या गरेपछि प्रवीणले आफूले पनि आत्महत्याको प्रयास गरेको पाइएको छ । उनको अहिले उपचार भइरहेको छ ।”
प्रवीण अहिले कोमामा रहेका छन् । डीएसपी जबेगुका अनुसार प्रवीण पाँच वर्षदेखि डिप्रेसनको औषधि खाँदै आएका थिए ।
धनुषाको मिथिला नगरपालिका–११ स्थायी घर भएका उनीहरू तेर्सेटारमामा डेरा गरी बस्दै आएका थिए ।

















