Skip

Hamro Sanchar

कांग्रेस फुटेको होइन नयाँ सभापति आउनुभएको हो : सुजता कोइराला

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, ३ गते


काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापालाई बधाईं दिंदै पार्टी फुटेको नभई परिवर्तन आएको बताएकी छिन् ।

सामाजिक संजाल फेसबुकमार्फत भिडियो वक्तव्य जारी गर्दै उनले भनेकी छन् , ‘अहिले युवाले, नेपाली समाजले, नेपाली जनताले परिवर्तन चाहेको छ, परिवर्तनलाई हासेर खुसी भएर अंगालो मार्नु पर्दछ, नेपाली कांग्रेसमा पनि परिवर्तन आएको छ, पार्टी फुटेको छैन, नयाँ सभापति आउनुभएको छ, म बधाई दिन चाहन्छु ।

उनले बधाई्का साथै थापालाई बिपीको विचार र गिरिजाको संगठन नबिर्सेर पार्टी हाक्न सुझाव दिएकी छिन् ।

नेतृ कोइरालाले परिवर्तनलाई खुसी भएर स्वीकार्न र कानुनको व्याख्या धेरै नगर्न पनि नेताहरूलाई आग्रह गरेकी छिन् । उनले कसैलाई पनि नआत्ति र नडराउन सुझावसमेत दिएकी छिन् ।


प्रतिकृया दिनुहोस्