Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कुलमान भन्छन् : १२ दिन हामीलाई धेरै पीडादायी भयो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, २६ गते


Advertisement

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकता गरेपछिका १२ दिन आफूहरुका लागि निकै पीडादायी भएको बताएका छन्।

रास्वपासँगको सहकार्य तोडिएपछि उज्यालो नेपाल पार्टीको अध्यक्ष बनेका उनले शनिबार पत्रकार सम्मेलन गर्दैै आफूहरुलाई यो समयमा केबल इन्गेज गराएर मात्रै राख्ने काम भएको आरोप लगाए।

‘वास्तमा त्यो १२ दिन हामीलाई धेरै पीडादायीय भयो,’ घिसिङले भने, ‘उज्यालो नेपालको समर्थकहरुले धेरै नै पीडा भोगेको छ।’

‘यो बीचमा हामीलाई पुरै इन्गेज बनाएर राखियो। राष्ट्रिय स्वतन्त्र पार्टीले ठाउँ ठाउँमा पार्टी प्रवेश कार्यक्रम राख्नुभयो। उज्यालो नेपालका साथीहरुलाई पार्टी प्रवेश गर्न आह्वान गर्नुभयो। यो प्रक्रियामा हामीलाई इन्गेज गर्दै उहाँहरुले धेरै कुरा गर्नुभयो,’ उनले थपे।

व्यक्तिगतरुपमा पनि १२ दिन आफ्ना लागि निकै अप्ठ्यारो समय रहेको घिसिङले बताए। ‘यो १२ दिन मेरा लागि धेरै अलमलको अवस्था भयो,’ उनले भने, ‘अगाडि बढौँ भने अगाडि बढ्न नसकिने। पछाडि फर्कौ भने उहाँहरुले फर्कन नदिने ।


प्रतिकृया दिनुहोस्