Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

चन्द्र र शर्माले पत्रकार सम्मेलन गर्दै, विशेष महाधिवेशनबारे धारणा सार्वजनिक गर्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, २६ गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबारे नेताहरू चन्द्र भण्डारी र सुनिल शर्माले संयुक्त रूपमा आफ्नो धारणा सार्वजनिक गर्ने भएका छन्।

दुवै नेताले शनिबार पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गर्न लागेका हुन्।

त्यसका लागि शनिबार बिहान साढे ११ बजे पत्रकार सम्मेलन राखिएको छ।

पत्रकार सम्मेलन बत्तीसपुतलीस्थित सिद्धार्थ फुडल्याण्डमा हुनेछ।

भण्डारी र शर्मा शुक्रबार विशेष महाधिवेशन हुन लागेको भृकुटीमण्डपमा पुगेका थिए। त्यहाँ पत्रकारहरूसँग कुराकानीमा उनीहरूले विशेष महाधिवेशन आह्वान गर्ने महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको कदमको प्रशंसा गरेका थिए ।


प्रतिकृया दिनुहोस्