Skip

Hamro Sanchar

कांग्रेसलाई विभाजन नहुन एमाले नेता ज्ञवालीको सुझाव

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, १९ गते


काठमाडौं । नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले नेपाली कांग्रेसले आन्तरिक समस्याहरूलाई समझदारी र सुझबुझका साथ समाधान गर्नुपर्ने बताएका छन् ।

दलहरू आन्तरिक रूपले कमजोर अथवा विभाजित हुँदा त्यसको मूल्य लोकतन्त्रले नै चुकाउनुपर्ने भन्दै आन्तरिक समस्या समाधान गरेर अगाडि बढ्न कांग्रेसलाई नेता ज्ञवालीको सुझाव छ ।
“प्रमुख दलहरूका नीति, भूमिका र आन्तरिक प्रबन्धको प्रभाव लोकतान्त्रिक प्रणालीमा गहिरो गरी पर्छ । दलहरू आन्तरिक रूपले कमजोर या विभाजित हुँदा त्यसको मूल्य मुलुकको लोकतन्त्रले नै चुकाउनु पर्दोरहेछ भन्ने अनुभव हामीले निकट अतितमा देखेरभोगेका छौँ,” ज्ञवालीले फेसबुकमा लेखेका छन्, “२०५४ मा भएको नेकपा (एमाले) विभाजनले कसरी हिँसात्मक द्वन्द्वलाई राष्ट्रव्यापी विस्तार गर्न सघायो । २०५९ मा भएको नेपाली कांग्रेसको विभाजनले प्रजातन्त्र अपहरणका लागि राजालाई कसरी बहाना दियो ।”

लोकतन्त्रको सुस्वास्थ्यका लागि दलहरूको आन्तरिक स्वास्थ्य राम्रो हुनु अनिवार्य पूर्वसर्त भएको उनले बताएका छन् ।

“आशा गरौँ– लोकतन्त्र, संविधान र राष्ट्रिय हितमाथि नै गम्भीर चुनौती उपस्थित भएको यथार्थ र यिनको रक्षाका लागि आफ्नो काँधमा रहेको अभिभारालाई बोध गर्दै नेपाली कांग्रेसले आफ्ना आन्तरिक समस्याहरूलाई समझदारी र सुझबुझका साथ समाधान गर्नेछ,” उनले लेखेका छन् ।

गगन थापाको आक्रोश– पार्टी फुट्ने प्रश्न अब मलाई नगर्नू १
नियमित महाधिवेशन कि विशेष महाधिवेशन भन्नेमा कांग्रेस दुई धारमा विभाजित भएपछि एमाले नेपाल ज्ञवालीले यस्तो सुझाव दिएका हुन् ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बहुमतले पार्टीको महाधिवेशन वैशाखमा गर्ने निर्णय गरेको छ । यता, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भने पुसको अन्तिममा विशेष महाधिवेशन हुने भन्दै महाधिवेशन प्रतिनिधिलाई तयार हुन आग्रह गरेका छन् ।


प्रतिकृया दिनुहोस्