Skip

Hamro Sanchar

कुलमान रास्वपामा प्रवेश गरेको जानकारी सरकारलाई छैन : सञ्चारमन्त्री

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, १८ गते


काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ऊर्जामन्त्री कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेको विषय सरकारलाई औपचारिक जानकारी नभएको बताएका छन् ।

शुक्रबार (पुस १८) चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खरेलले कुलमान घिसिङ रास्वपामा प्रवेश गरेको विषय औपचारिक रूपमा जानकारी आएपछि सरकारको तर्फबाट लिनुपर्ने निर्णय र स्वयं घिसिङका तर्फबाट लिनुपर्ने निर्णय हुने बताए ।

सरकारको मन्त्री मात्रै नभइ जोकोही योग्य नागरिक चुनावमा उठ्न पाउने भन्दै मन्त्री खरेलले पद र शक्तिको दुरुपयोग भने गर्न नमिल्ने उल्लेख गरे ।

खरेलले आफू नागरिक सरकारको प्रवक्ताका साथै सञ्चारमन्त्री पदमा रहेकाले अहिलेसम्म कुनै पार्टीमा आबद्ध नरहेको र चुनाव लड्ने वा नलड्ने भन्ने विषयमा कुनै निर्णय नगरेको बताए ।

उनले आसन्न प्रतिनिधिसभाको निर्वाचनको सबै तयारी भइसकेकाले तोकिएको समयमा निर्वाचन हुनेमा आशंका नगर्न आग्रह गरे ।


प्रतिकृया दिनुहोस्