
काठमाडौं । सिन्धुलीमा गोली लागेको अवस्थामा एक जना युवक मृत भेटिएका छन्।
गएराति घ्याङलेख गाउँपालिका-१ पिउरीखोला जंगलमा २२ वर्षीय आशमान तामाङ मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीले जानकारी दिए।
उनका अनुसार मृतकलाई गोली लागेको छ। मृतकको पेटमा चोट लागेको र घटनास्थलमा बन्दुक पनि फेला परेको छ।
‘घटना कसरी भयो भन्ने यकिन भएको छैन। आफै पड्किएको हो वा कसैले हानेको हो भन्ने फरेन्सिक र पोष्टमर्टम रिपोर्ट आएपछि थाहा हुन्छ,’ एसपी सुवेदीले भने।
शव पोष्टमर्टमका लागि जिल्ला अस्पताल सिन्धुली पठाइएको छ।

















