Skip

Hamro Sanchar

सुधन गुरुङ  लेख्छन् : रवि, बालेन र कुलमानलाई हामीले मिलाइ छोड्यौँ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, १४ गते


काठमाडौं । हामी नेपालका संस्थापक सुधन गुरुङले रास्वपा र उज्यालो नेपालबीच एकताको सहमति भएको जनाउ दिएका छन् ।

वार्ता निष्कर्षमा पुगेसँगै उनले सामाजिक सञ्जालमा स्टाटस लेखेर यस्तो जनाउ दिएका हुन् ।

गुरुङले रवि लामिछाने, बालेन र कुलमान सँगै चुनाव लड्ने बताएका छन् ।

उनी लेख्छन्, ‘हाम्रो राष्ट्रको लागि, हाम्रो भविष्यको लागि, हाम्रो देशको लागि मिलाएरै छोडिम र इतिहासले सम्झनेछ। रबी बालेन र कुलमान चुनावमा सँगै लड्नेछन्।’

उनले अंग्रेजीमा  et’s celebrate nepal. We did it  भनेर पनि लेखेका छन् ।


प्रतिकृया दिनुहोस्