Skip

Hamro Sanchar

कांग्रेस पदाधिकारीबाट सहमहामन्त्री भीष्मराज मात्रै समानुपातिक सूचीमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, १४ गते


काठमाडौं । नेपाली कांग्रेस पदाधिकारीबाट समानुपातिक बन्दसूचीमा सहमहामन्त्री भीष्मराज आङ्देम्बेमात्रै सिफारिस हुने भएका छन् ।

जारी कार्यसम्पादन समितिको बैठकले उनको नाम समेटेर समानुपातिक सांसदका उम्मेदवारहरूको सूची बुझाउन लागेको पार्टी प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।

महतले यसअघि समानुपातिकबाट सांसद भइसकेकाहरू यसपटक कोही पनि समावेश नभएको जानकारी दिए ।

‘यसअघि समानुपातिकमा परिसकेका साथीहरू यसपटक हुनुहुन्न । नयाँ साथीहरू हुनुहुन्छ, अवसर पाउनु भएको छ । जसले संसद्‌मा उल्लेख्य भूमिका खेल्नु सक्नुहुन्छ,’ उनले भने, ‘केन्द्रीय समितिमा भएका साथीहरू पनि छन् । त्यस्तै कांग्रेसमा लामो समयदेखि लागेका तर, कुनै पद नलिएकाहरू पनि छन् । वौद्धिक क्षेत्रबाट पनि हुनुहुन्छ । पदाधिकारीबा६ सहमहामन्त्री भीष्मराज आङ्देम्बेको नाम परेको छ ।


प्रतिकृया दिनुहोस्