Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

मंसिर २६ गतेभित्र मतदाता नामावली सच्याउन मिल्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, २२ गते


Advertisement

काठमाडौं । निर्वाचन आयोगले मंसिर २६ गतेभित्र मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन सकिने जनाएको छ ।

नाम हटाउने, दाबी–विरोध गर्ने कामका अतिरिक्त एउटै वडाभित्र रहेको कुनै एक मतदानस्थलबाट आफूलाई पायक पर्ने अर्को मतदानस्थलमा नाम सार्नको लागि निवेदन दिन सकिने जनाएको छ ।

सोमबार एक सूचना जारी गर्दै आयोगले भनेको छ, “।।।पुनरवलोकनको क्रममा कुनै मतदाताको नाम सम्बन्धित मतदानस्थलमा सार्न वा समावेश हुन छुट भएको भए हाल सञ्चालन भइरहेको मतदाता नामावली अद्यावधिक ९दाबीविरोध० कार्यक्रममा यही मंसिर २६ गते भित्र नामावलीमा रहेको त्रुटि सच्याउने, नाम हटाउने, दाबीविरोध गर्ने कामका अतिरिक्त एउटै वडाभित्र रहेको कुनै एक मतदानस्थलबाट आफूलाई पायक पर्ने अर्को मतदानस्थलमा नाम सार्नको लागि निवेदन दिन सक्ने सुविधा समेत रहेको छ ।”

कुनै मतदाताले सम्बन्धित वडाभित्रकै अर्को मतदानस्थलमा आफ्नो नाम सार्न चाहेमा सम्बन्धित निर्वाचन कार्यालय गई वा आयोगको वेबसाइट मार्फत अनलाइन निवेदन पनि आयोगले आग्रह गरेको छ ।

 


प्रतिकृया दिनुहोस्