Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कर्ण थापाको दाबी : ओलीको नेतृत्व रहे एमाले र कम्युनिस्ट आन्दोलन समाप्त हुन्छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, २२ गते


Advertisement

काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य कर्णबहादुर थापाले एमालेले मान्दै आएको जनताको बहुदलीय जनवाद र मार्क्सवाद विपरित केपी ओलीले पार्टी चलाउन खोजेको बताएका छन्।

आज नेता ईश्वर पोखरेलको समूहले आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले यस्तो बताएका हुन् ।

‘केन्द्रीय कमिटी बैठकमा उहाँ उभिने, भाषण गर्ने, भाषण जति मन लाग्छ त्यति गर्ने । जे मन लाग्छ भन्ने । उहाँले भनेको कुरा मार्क्सवाद, उहाँले भनेको कुरा जबज, उहाँले भनेको कुरा पार्टी र उहाँले भनेको कुरा निर्णय’, थापाले भने, ‘जो जनताको बहुदलीय जनवाद र मार्क्सवादसँग मेल खाँदैन । जे स्थापित गर्‍यौ उहाँले त्यो तोड्दै जानुभयो ।’

उनले १० औँ राष्ट्रिय महाधिवेशनपछि अहिलेसम्म एउटा मात्र स्थायी कमिटी बैठक बसेको भन्दै बैठकका नाममा माइन्युटमा ३ वटा राखिए पनि कुनै पनि बैठकमा छलफल नभएको बताए । जबाफदेहिताको प्रणाली समाप्त गरेको आरोप समेत लगाउँदै उनले अन्य पार्टीबाट ल्याएका मानिसलाई पद दिएको बताए ।

‘जबाफदेहिताको प्रणालीलाई उहाँले समाप्त गरिदिनुभयो’, थापाले भने, ‘अघिल्लो एउटा निर्णय गर्ने पछिल्लो पटक अर्को निर्णय’, दृष्टान्त पेस गर्दै थापाले प्रदेश अध्यक्षलाई विधानमा केन्द्रीय कमिटीको पदेन सदस्य बनाउने भए पनि पछि पोलिटब्युरो सरह बनाइएको बताए ।

प्रदेशहरूमा विवाद बढ्नुमा विधानभन्दा बाहिर गएर निर्णय गरेकाले भन्दै उनले २ कार्यकाल, ७० वर्षे उमेर हद लगायतमा मनपरी निर्णय गरेको बताए । नेता थापाले अब ओलीको नेतृत्वमा एमाले चल्न नसक्ने भन्दै उनको व्यक्तिगत चाहनामा एमाले अघि बढे एमाले पार्टी र नेपाली कम्युनिस्ट आन्दोलन नै समाप्त हुने दाबी गरे ।


प्रतिकृया दिनुहोस्