Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

मधेसमा कांग्रेस-एमालेका नेता मुख्यमन्त्री हुनै सक्दैनन् भन्ने धारणा सरोज यादवले तोडे : शंकर पोखरेल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, २० गते


Advertisement

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्।

आज फेसबुकमा स्ट्याटस लेख्दै महासचिव पोखरेलले मधेसमा जनादेश अनुरूपको नेतृत्व स्थापित भएको बताएका हुन्।

‘मधेस प्रदेशमा कांग्रेस र एमालेका नेता मुख्यमन्त्री हुनै सक्दैनन् भन्ने धारणा एमाले नेता सरोज यादवले जोखिम मोलेर तोडे। त्यसपछि अहिले नेपाली कांग्रेसका नेता श्रीकृष्ण यादव मधेसवादी दलको समर्थनमा मुख्यमन्त्री बन्न सफल भए,’ उनले भनेका छन्।

उनले अगाडि लेखेका छन्, ‘नेपाली राजनीतिमा देखिएको यो परिवर्तन निश्चय नै सकारात्मक र स्वागतयोग्य छ। मधेसी जनताको जनादेश अनुरुपको नेतृत्व स्थापित हुनु लोकतान्त्रिक परिपक्वताको संकेत हो।’

कांग्रेसका श्रीकृष्ण यादव शुक्रबार मुख्यमन्त्री नियुक्त भएका थिए। मधेसमा सरकार परिवर्तनमा चलेको रस्साकस्सीबीच एमालेले मुख्यमन्त्रीसहित प्रदेश प्रमुख र सभामुखसमेत गुमाएको छ।

यसअघि एमालेका सरोज यादवले बुधबार मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए ।

 


प्रतिकृया दिनुहोस्