
काठमाडौं । नेपाली कांग्रेसको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ले आज (शुक्रबार) पार्टीका भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग छलफल गर्दैछ ।
महामन्त्री गगनकुमार थापा नेतृत्वको समितिले सबै भ्राृत तथा शुभेच्छुक संगठनहरूका पदाधिकारीलाई बोलाएर नयाँ क्रियाशील सदस्यता वितरणका विषयमा छलफल गर्न लागको हो ।
समिति सदस्य सीता गुरूङले सदस्यता वितरणलाई एउटा राष्ट्रिय अभियानका रुपमा अघि बढाउन छलफल गर्ने लागिएको जानकारी दिइन् । उनका अनुसार समितिले भ्राृत तथा शुभेच्छुक संगठनहरूका पदाधिकारीलाई दिउँसो १ बजे सानेपामा बोलाइएको छ ।
‘आज हामी भ्रातृ र शुभेच्छुक संस्थासँग छलफल गर्छौैं । त्यसपछि केही निर्णयहरू गर्नुपर्ने छ । निर्णय गर्छौं,’ समिति सदस्य तथा केन्द्रीय सदस्य गुरूङले भनिन् ।
यसअघि महाधिवेशनको मिति तोकिएपछि बुधबार पहिलो पटक बसेको समितिको बैठकले दुई दिनभित्र १६५ निर्वाचन क्षेत्रमा नयाँ सदस्यता फाराम पुर्याइसक्ने निर्णय गरेको थियो।
कांग्रेसले आसन्न १५ औं महाधिवेशनलाई क्रियाशील सदस्यताको विवादबाट मुक्त गराउने उद्देश्यसहित महामन्त्री थापाको संयोजकत्वमा ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ बनाएर काम अघि बढाएको थियो ।
व्यवस्थापन समितिमा केन्द्रीय सदस्यहरू सीता गुरुङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली (स्नेही) सदस्य छन् ।


















