Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गुन्डुमा ‘ओली कुटी’को निर्माण सुरु, राधिकाले गरिन् शिलान्यास

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, १८ गते


Advertisement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि भक्तपुरको गुन्डुमा ‘ओली कुटी’को निर्माण सुरुवात गरिएको छ।

एमाले नेता महेश बस्नेतका अनुसार ओली पत्नि राधिका शाक्यले शिलान्यास गरेकी हुन्। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि ओली गुन्डुमा बस्दै आएका छन्।

बस्नेतले नै अध्यक्ष ओलीको लागि गुण्डुमा नै ‘ओलीकुटी’ निर्माण गर्ने घोषणा गरेका थिए।

‘ओलीकुटी’ निर्माणको लागि उनले संयोजकको भूमिका निर्वाह गर्ने स्थानीयको पहलबाट निर्माण गरिने बताइएको छ।

ओलीको बालकोटस्थित निवासमा जेनजी आन्दोलनका बेला आगजनी गरेर नस्ट गरिएको थियो।

उक्त घरको अवलोकन गर्दै उनले सो घर राज्यको नाममा नामसारी गरिसकेकाले अब फेरि नबनाउने बताएका थिए।


प्रतिकृया दिनुहोस्