Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

साइकलसहित धोबीखोलामा एक पुरुष मृत भेटिए

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, १८ गते


Advertisement

काठमाडौं । काठमाडौं महानरपालिका–२९ स्थित धोबीखोलामा मृत भेटिएका व्यक्तिको पहिचान खुलेको छ ।

मृत भेटिएका व्यक्ति काभ्रेको मण्डनदेउपुर नगरपालिका–१ घर भएका ५० वर्षीय ललित गिरी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए।

शंखमुल बस्दै आएका उनी मदन भण्डारी कलेज अगाडिको धोबीखोलामा बिहीबार बिहान ६:५० बजे मृत भेटिएका हुन् ।

उनी साइकलसहित मृत भेटिएको प्रहरीले बताएको छ । उनको शव श्रीमतीले सनाखत गरेकी छिन् । प्रहरीले घटनास्थल मुचुल्का उठाएर अनुसन्धान अघि बढाएको छ ।


प्रतिकृया दिनुहोस्