
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले दुर्गा प्रसाईंलाई वार्ताको लागि औपचारिक पत्र पठाएकी छन् ।
कार्कीले यही २२ गते वार्ताका लागि पत्र पठाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
“सोमबारका लागि उहाँलाई वार्तामा बोलाइएको छ,” प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दियो ।
प्रसाईंका माग पूरा हुने अवस्था नभए पनि वार्ताका लागि भने बोलाइएको छ ।
“निर्वाचन सफल बनाउन पनि साना साना शक्तिलाई पनि वार्तामा बोलाउनुपर्ने अवस्था छ,” सचिवालय स्रोतले भन्यो, “प्रसाईंलाई सोमबार वार्तामा बोलाइएको छ ।

















