Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

महाधिवेशनमा मतदान हुन्छ : ओली

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, १४ गते


Advertisement

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११औँ महाधिवेशनमा निर्वाचन हुने बताएका छन् ।

पार्टी मुख्यालय च्यासलमा ११औँ महाधिवेशनको लोगो सार्वजनिक गर्दै उनले प्रतिस्पर्धा गर्न चाहनेलाई नरोक्ने बताए।

“महाधिवेशनमा मतदान हुन्छ । कसैले मतदान गर्न नदिएर, मतदान नै नभएर यसरी सर्वसहमतिका नाममा कसैलाई अघि आउन नदिएर रोक्ने खालको काम हुन्छ कि भन्ने त्यस्तो खालको कुरा हुँदै होइन,” ओलीले भने, “रोक्नेसोक्ने कुनै काम हुँदैन । प्रतिस्पर्धा खुला हुन्छ ।”

उनले प्रतिस्पर्धालाई नराम्रो नमान्ने बताए । “केन्द्रीय कमिटीमा थुप्रै साथीहरूलाई इच्छा हुनसक्छ, त्यसमा रोक्न सकिन्नँ । सार्वभौम कार्यकर्ताका सार्वभौम प्रतिनिधि,” ओलीले भने ।


प्रतिकृया दिनुहोस्