Skip

Hamro Sanchar

वाग्मतीका मन्त्री जयराम थापा महाधिवेशन प्रतिनिधि छनोटमा पराजित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, १४ गते


काठमाडौं । वाग्मती प्रदेशका बहालवाला श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापा नेकपा (एमाले)को ११औँ महाधिवेशन प्रतिनिधि छनोटका लागि भएको निर्वाचनमा पराजित भएका छन् ।

थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट खुल्लातर्फ उमेदवार बनेका थिए । खुलाबाट दुईजना निर्वाचित हुनुपर्नेमा उनी तेस्रो भएका हुन् । उनले कुल २०१ मत पाए ।

खुलामा श्रीकृष्ण श्रेष्ठले २४१ र उद्धव खरेलले २१२ मत ल्याएर निर्वाचित भए । खरेल बूढानीलकण्ठ नगरपालिकाका पूर्वमेयरसमेत हुन् । पराजित थापा पार्टी अध्यक्ष केपी ओली पक्षीय हुन्

काठमाडौं–४ एमाले वाग्मती प्रदेश इन्चार्ज राजन भट्टराईको क्षेत्र हो ।


प्रतिकृया दिनुहोस्