Skip

Hamro Sanchar

बझाङ केन्द्रबिन्दु भएर  ४.४ रेक्टरस्केलको भूकम्प

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, १४ गते


Advertisement

बझाङ । आज दिउँसो १२ बजेर ९ मिनेट जाँदा बझाङको सैपाल आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

छिमेकी जिल्ला बझाङको सैपाल हिमालमा केन्द्रबिन्दु बनाएर ४ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।

सैपाल हिमालमा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले बाजुरामा पनि धक्का दिएको छ।

पश्चिमी क्षेत्रमा भूकम्प आउन थालेपछि स्थानीय त्रसित बनेका छन्।

भूकम्पीय जोखिममा रहेको सुदूरपश्चिम प्रदेशको बाजुरा, बझाङसहित आसपासका स्थानीय त्रसित भएका छन्।

भूकम्पको धक्का महसुस गरिएपछि सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बाजुराले सबैमा आग्रह गरेको छ।

विपद् कुनै बाजा बजाएर नआउने भएकाले भूकम्पसहितका प्राकृतिक विपद्बाट जोगिन सजग र सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको हो ।


प्रतिकृया दिनुहोस्