Skip

Hamro Sanchar

देउवाले आज पनि कार्यवाहक सभापति र दुई महामन्त्री सँग छलफल गर्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, १३ गते


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्मा सँग आज पनि छलफल गर्दैछन् ।

महाधिवेशनसम्बन्धी विवाद समाधानका लागि कार्यवाहक सभापति खड्का र महामन्त्रीद्वय थापा तथा शर्मा आज तेस्रो दिन पनि छलफल गर्न लागेका हुन् ।

उनीहरूबीच शनिबार दिउँसो २ बजे सभापति देउवा बस्दै आएका महाराजगञ्जस्थित भाडाको निवासमा छलफल हुने तय भएको छ ।

कांग्रेसमा महाधिवेशनको कार्यतालिका ल्याउने विषयमा सहमति जुट्न सकेको छैन ।

एक(अर्कामै शंका, लम्बिइरहेको छ कांग्रेस संकट
देउवा पक्षीय शीर्ष तहका नेताहरू प्रतिनिधिसभा निर्वाचन अघि महाधिवेशन गर्न नसकिने पक्षमा छन् । सभापति देउवा स्वयं भने आगामी पुसमा महाधिवेशन गर्न सकिने पक्षमा देखिएका छन् ।

दुई महामन्त्रीले नियमित महाधिवेशन गर्नै नसकिने भए विशेष महाधिवेशन गर्नुपर्ने बताइरहेका छन् । महाधिवेशन प्रतिनिधिसभा निर्वाचन अघि गर्ने कि पछि गर्ने भन्ने विवादले २८ असोजदेखि जारी केन्द्रीय कार्यसमिति बैठकले निर्णय गर्न सकेको छैन ।

कार्यवाहक सभापति खड्का केन्द्रीय कार्यसमिति बैठक स्थगित गरेर सहमतिका लागि शीर्ष तहमा छलफल गरिरहेक पनि सहमति जुट्न सकेको छैन


प्रतिकृया दिनुहोस्