Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कागेश्वरी मनोहरामा संचालित खानेपानी आयोजना रकम अभावमा रोकिँदैनन् : मन्त्री तामाङ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, १२ गते


Advertisement

काठमाडौं । बागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्री कृष्णकुमार तामाङले कागेश्वरी मनोहरा नगरपालिकाभित्र रहेका सबै खानेपानी आयोजना समयमै सम्पन्न गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

शुक्रबार नगरपालिकाभित्र सञ्चालित विभिन्न खानेपानी योजनाको अनुगमन गर्दै मन्त्री तामाङले आवश्यक बजेट अभाव हुन नदिइ जनताको आधारभूत आवश्यकता पूरा गर्न प्रदेश सरकार गम्भीर रहेको बताए। “खानेपानी जस्तो मौलिक सेवामा कुनै पनि आयोजनालाई रोकावट नआओस् भन्ने हाम्रो प्राथमिकता हो,” उनले भने।

नगरपालिकामा हाल डाँछी–भद्रबास खानेपानी आयोजना, मुलपानी खानेपानी, गोठाटार खानेपानी, काँडाघारी खानेपानी लगायतका योजना कार्यान्वयन भइरहेका छन्। यी परियोजनालाई प्रभावकारी रुपमा अघि बढाउन मन्त्री तामाङले सम्बन्धित निकायलाई आवश्यक समन्वय तथा सहकार्य बढाउन निर्देशन समेत दिए।

मन्त्री तामाङले आयोजनाहरू निर्धारित समयभित्र सम्पन्न भएपछि कागेश्वरी मनोहरा क्षेत्रमा स्वच्छ र पर्याप्त खानेपानी सुविधा उपलब्ध हुने अपेक्षा गरे।


प्रतिकृया दिनुहोस्